अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिपाहीलाई डण्डा-मन्त्रीलाई झण्डा स्वीकार्य छैन, प्रकाश ज्वालालाई तत्काल बर्खास्त गरियाेस्: महेश बर्ताैला

सिपाहीलाई डण्डा-मन्त्रीलाई झण्डा स्वीकार्य छैन, प्रकाश ज्वालालाई तत्काल बर्खास्त गरियाेस्: महेश बर्ताैला


काठमाडाैं-नेकपा एमालेका सचेतक महेश बर्ताैलाले बालकुमारी घटनामा मुछिएका भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गर्नुभएकाे छ।

आज बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमा समय लिएर बाेल्दै सचेतक बर्ताैलाले सरकारले बनाएकाे छानबिन आयाेगले दाेषी ठहर गर्दा पनि सरकारले भाैतिक मन्त्रीलाई बर्खास्त नगरेकाे भन्दै आपत्ति जनाउनुभयाे।

सरकारका मन्त्रीकाे उपस्थितिले गर्दा बालकुमारी घटना भएकाे कुरा पुस १३ मै उठेकाे र सरकारले बनाएकाे छानबिन समितिले पनि भाैतिक मन्त्रीकाे लापरबाहीले साे घटना भएकाे निष्कर्ष निकाले पनि सरकारले मन्त्रीलाई बर्खास्त नगर्नु आपत्तिजनक भएकाे उहाँले बताउनुभयाे । सचेतक बर्ताैलाले भन्नुभयो, ‘सामान्य सिपाहीलाई कारबाहीकाे डण्डा चलाएर मन्त्रीलाई उन्मुक्ति दिने कुरा सह्य हुँदैन, सिपाहीलाई डण्डा- मन्त्रीलाई झण्डा स्वीकार्य हुँदैन भाैतिक मन्त्रीलाई तत्काल बर्खास्त गरियाेस् ।’

भ्रष्टाचारमा मुछिएका र आफूखुशी निर्णय गर्ने सरकारका मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्न पनि उहाँले माग गर्नुभयाे । स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बस्नेत र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न सचेतक बर्ताैलाले माग गर्नुभयाे।

भ्रष्टाचारमा जाेडिएर अख्तियारमा बयान दिएका स्वास्थ्य मन्त्री बस्नेतलाई राखेर प्रधानमन्त्रीकाे सुशासनकाे भाषण सुन्न नसकिने उहाँले बताउनुभयाे । यस्ता मन्त्रीलाई राखेर सुशासनकाे कुरा गर्न सरकारले लाज मान्नुपर्ने सचेतक बर्ताैलाले बताउनुभयाे ।

रामग्राम क्षेत्रकाे जग्गा निजी क्षेत्रलाई दिने निर्णयप्रति आपत्ति जनाउँदै उहाँले पर्यटनमन्त्री किराँतीलाई पनि कारबाही गर्नुपर्ने माग गर्नुभयाे । जहाँ हरिया घाँस देख्याे त्यहाँ गएर चरिहाल्ने सरकारकाे प्रवृत्ति देखिएकाे सचेतक बर्ताैलाले बताउनुभयाे । सरकारले मन्त्रीलाई छुट दिएर सुशासनकाे रटान लगाउन नमिल्ने उहाँले बताउनुभयाे ।