अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रकाश ज्वालालाई तत्काल बर्खास्त गरियाेस्: रवि लामिछाने

प्रकाश ज्वालालाई तत्काल बर्खास्त गरियाेस्: रवि लामिछाने


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गर्नुभएकाे छ।

आइतबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले छानबिन समितिले दाेषी ठहर गर्दा पनि सरकारले मन्त्री ज्वालालाई बर्खास्त नगरेकाेमा कडा आपत्ति जनाउनुभयाे।

लामिछानेले आफ्ना मान्छे चोख्याउनका लागि सरकारले फाइल खोल्छ र आफ्ना मान्छेलाई चोख्याउँछ भन्ने कुरा ललिता निवास, भुटानी शरणार्थी प्रकरणलगायतमा पुष्टि भइसकेको बताउनुभयाे। उहाँले निर्दोष व्यक्तिविरुद्ध भने उजुरी मागेर फसाउने गरेको आरोप लगाउनुभयाे ।

‘सरकार प्रमाण नभेटेकालाई खोजेर, नक्कली उजुरी गरेर भएपनि लागिरहने तर छताछुल्ल प्रमाण भएकालाई केही नगर्ने हो भने अव विधिको सुशासनका लागि नबोले हुन्छ। नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार नबनोस्’,उहाँले भन्नुभयाे ।

लामिछानेले रास्वपाले सरकारले गरेको राम्रो कामको सम्मान गरिरहेको भन्दै फाइल खोल्ने हो भने आफ्नै पार्टीबाट गर्न चुनौती दिँदै अव अरू पार्टीका फाइल नखोल्न आग्रह गर्नुभयाे। साथै, उहाँले सरकारी आयोगले दोषी ठहर गरेका मन्त्रीलाई के गर्ने हो ? भनेर प्रधानमन्त्रीले रोष्टमबाट जवाफ दिनुपर्ने बताउनुभयाे ।