अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संकल्पयात्रामार्फत एमालेले उठाएका विषय आगामी बजेटमा समावेश गर्छौं: प्रधानमन्त्री दाहाल

संकल्पयात्रामार्फत एमालेले उठाएका विषय आगामी बजेटमा समावेश गर्छौं: प्रधानमन्त्री दाहाल


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले उठाएका महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने बताउनुभएको छ।

आइतबार एमाले सांसद कृष्णगोपाल श्रेष्ठले आफ्नो पार्टीले मध्यपहाडी राजमार्ग संकल्पयात्रामार्फत बुझाएका सुझाव कार्यान्वयनको अवस्था के भइरहेको छ भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले सुझावलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताउनुभएको हो।

प्रधानमन्त्रीले त्यस क्षेत्रको विकासमा निर्माणमा आफ्नो समेत चासो रहेको बताउदै भन्नुभयो, ‘झुलाघाट-चिवाभञ्ज्याङ मध्य पहाडी राजमार्ग म आफैले रेखाङ्कन गरेको हो। त्यसैले यसमा म पनि कहीँ न कहीँ जोडिएको छु।’

उहाँले त्यस क्षेत्रमा १० वटा नयाँ शहरसहित दुई वटा शहर निर्माणको क्रम जारी गरेको र प्रतिवेदनमा उठाएका महत्त्वपूर्ण विषय कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल भईरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘मुख्यसचिवसहित सचिवहरूसँग गहन छलफल भएको छ। समन्वयका लागि एमाले नेता विष्णु पौडेलसँग पनि अलग्गै छलफल भइरहेको छ। सरकार यो विषयमा गम्भीर छ। उल्लेख्य सुझाव आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिन्छ।’