अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली कैलालीमा

एमाले अध्यक्ष ओली कैलालीमा


कैलाली-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कैलाली आइपुग्नु भएकोछ। सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा आजबाट सुरू हुँदै गरेको ९औं जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली कैलाली आउनुभएको हो।

घोडाघोडी नगरपालिका-१ स्थित सुखडमा हुने अधिवेशनको अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम छ। भाेलिसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

अध्यक्ष पदका लागि यज्ञराज ढुंगाना, दुर्गा जोशी र डेजी पाण्डेकाे दाबी छ। उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाकाे दाबी छ । सचिवमा एक दर्जन बढीकाे दाबी छ । उपसचिवमा पनि ३० जनाले दाबी गरेका छन् ।

पार्टी अध्यक्ष ओलीले अधिवेशन उद्घाटन गर्नुअघि बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नुहुने कार्यक्रम रहेकाे उहाँकाे सचिवालयले जनाएकाे छ।