अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार निकम्मा भयो: अध्यक्ष ओली

वर्तमान सरकार निकम्मा भयो: अध्यक्ष ओली


कैलाली-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा भएको टिप्पणी गर्नुभएको छ।

नेकपा एमालेको नवौं कैलाली जिल्ला अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले वर्तमान सरकारप्रति खरो टिप्पणी गर्नुभएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो निकम्मा सरकार हो, यसले केही काम पनि गर्न सक्दैन। हामीले ३९६ वटा अस्पताल हरेक पालिकामा हुनुपर्छ भनेका थियौं । कहाँ गए ती अस्पताल ?’

उहाँले सरकारले अहिलेसम्म कुनै गतिलो काम नगरेको बताउनु भयो।

‘एउटा पनि देखाउन लायक काम प्रधानमन्त्रीले गर्नुभएको छैन। एक वर्ष पुग्दा भाषण गर्दा पनि हामी काम गर्छौं, सच्चिन्छौं भन्नुहुन्छ’, ओलीले भन्नुभयो, ‘७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिएको कहिले सच्चिने हो ?’

अध्यक्ष ओलीले आफ्नो कार्यकालमा गरेका कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको बताउनु भयो । विदेश जाने युवाहरूलाई रोक्न नसक्नु विडम्बना रहेको उहाँले बताउनु भयो।