अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको महासमिति बैठक आजदेखि, सभापति देउवाले उद्घाटन गर्ने

कांग्रेसको महासमिति बैठक आजदेखि, सभापति देउवाले उद्घाटन गर्ने


काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीमा आजदेखि हुने महासमिति बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ । 

महासमिति बैठकको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नुहुने छ । बैठकमा १६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १,७८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूको उपस्थिति रहने छ ।

बैठकमा गत फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भई अनुमोदित भएका नीति तथा कार्यक्रम, सांगठनिक प्रतिवेदन, समसामयिक राजनीतिक प्रस्ताव, नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती र सम्भावना र लेखापरीक्षण प्रतिवेदनलगायत पेस हुने छन् । बैठक फागुन १० गतेसम्म चल्नेछ ।