अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका स्याङ्जा जिल्ला अध्यक्ष भट्टराईसहित नेता-कार्यकर्ता एमालेमा प्रवेश

नेकपा एसका स्याङ्जा जिल्ला अध्यक्ष भट्टराईसहित नेता-कार्यकर्ता एमालेमा प्रवेश


काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का स्याङ्जा जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईसहितका नेता-कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ।

आज एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भट्टराईसहित नेकपा एसका नेता कार्यकर्तालाई एमालेमा स्वागत गर्नुभएको हो। यसअघि नेकपा एसका तनहुँ जिल्ला इन्चार्ज प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ पनि नेकपा एमालेमा फर्किएका थिए।