अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई अध्यक्ष ओलीको प्रश्न: कांग्रेस गठबन्धनबिना एक्लै एक छिन उभिन सक्छ ?

देउवालाई अध्यक्ष ओलीको प्रश्न: कांग्रेस गठबन्धनबिना एक्लै एक छिन उभिन सक्छ ?


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनविना एक्लै उभिन नसक्ने टिप्पणी गर्नुभएको छ।

पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले अरू दल एक्लै प्रतिस्पर्धामा आए अस्तित्व संकटमा पर्ने बताउनु भएको हो । कांग्रेसभित्र आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे चर्को मतभेद भइरहेको बेलामा ओलीले एक्लै उभिन नसक्ने भन्दै कटाक्ष गर्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हेर्दा हेर्दा कांग्रेस साँच्चै बुढो भयो। त्यति साह्रो बुढो त हुन नपर्ने हो । तर, कांग्रेसभित्र धोत्रो पसेका, पात सुकेको बेहालै भो। अब कसैको बैशाखी टेकेर हात समातेर हिँड्नुपर्ने हालतमा छ। एक्लै एकछिन उभिन सक्दैन शेरबहादुरजीलाई गएर सोध्नुस् त ! कांग्रेस एक्लै एकछिन उभिन सक्छ भनेर। अरेबाबा सक्दैन एमालेले बर्बाद गर्छ भन्छन्।’

कांग्रेसमा सभापति शेरबहादुर देउवा चुनावी गठबन्धनबारे अहिले निर्णय गर्न नहुने पक्षमा हुनुहुन्छ। तर, महामन्त्री गगन थापा महासमिति बैठकबाट चुनावमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने पक्षमा हुनुहुन्छ।