अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरस्वतीको मुर्ती सेलाउने विषयमा विवाद हुँदा बढेको तनावले वीरगञ्जमा कर्फ्यू यथावत

सरस्वतीको मुर्ती सेलाउने विषयमा विवाद हुँदा बढेको तनावले वीरगञ्जमा कर्फ्यू यथावत


काठमाडौं – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा जारी गरेको कर्फ्यु आदेश यथावत रहेक जनाएको छ ।

सोमबार बेलुकी ५ बजेदेखि अनिश्चित समयका लागि जारी भएको कर्फ्यु आज बिहान ६ देखि १० बजेसम्म खुकुलो बनाइएको थियो । सर्वसाधारणको सुविधालाई ध्यानमा राखी बिहान खुकुलो गरिएको भए पनि कर्फ्यु यथावत रहेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनुभयो ।
दिउसो सर्वपक्षीय भेला गरेर छलफल गर्ने र त्यसको आधारमा कर्फ्यु के गर्ने भन्नेबारे निर्णय लिने उहाँको भनाइ छ । ।

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको छ ।
रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा प्रदर्शन भएको थियो ।

वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यु आदेश जारी भएको हो।