अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक

म प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया टुंग्याउन खोजेँ, प्रचण्ड र देउवा मान्नुभएन: अध्यक्ष ओली

म प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया टुंग्याउन खोजेँ, प्रचण्ड र देउवा मान्नुभएन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा तयार नभएको आरोप लगाउनु भएको छ।

पार्टी कार्यालय च्यासलमा  मंगलबारबाट सुरु भएको पार्टीको  सातौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘म प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउन कोसिस गरेको हो, तर त्यतिबेला प्रचण्डजी र शेरबहादुरजीले मान्नुभएन। के सोख हो उहाँहरूको थाहा भएन।’

उहाँले आफूले धेरै आग्रह र अनुरोधसमेत गरेको बताउनु भयो। उहाँले अहिले यसलाई हतियार बनाउन खोजिएको पनि बताउनुभयो। अहिले पीडक पक्ष नै राज्य सञ्चालनमा भएकोले पीडितले न्याय नपाउने दाबी गर्नुभयो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘अहिले पीडितमैत्री नहुन सक्ने सम्भावना धेरै छ। किनभने त्यसबेलाका विद्रोहीहरूको तर्फबाट पीडा दिने समूहको पक्षबाट प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ। क्रान्तिका नाममा पीडा दिने प्रधानमन्त्री, अर्को राज्यका नाममा हिंसा रोक्ने नाममा पीडा दिने शेरबहादुरजी गठबन्धनमा हुनुहुन्छ। दुवै पीडक पक्ष राज्य सञ्चालनमा छन्। पीडकले न्याय दिन खोज्दा आफ्नो हित केन्द्रभागमा राखेर गर्न खोज्छ।’