अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक

बालकुमारी घटनाबारे अध्यक्ष ओलीको टिप्पणी: नैतिकता नभएका मन्त्री, हुतीहारा प्रधानमन्त्री

बालकुमारी घटनाबारे अध्यक्ष ओलीको टिप्पणी: नैतिकता नभएका मन्त्री, हुतीहारा प्रधानमन्त्री


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनलाई कुनै लोकलाज नभएको टिप्पणी गर्नुभएको छ।

बालकुमारी घटनामा दोषी देखाउँदा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही नगरेको भन्दै अध्यक्ष प्रधानमन्त्री प्रचण्डको आलोचना गर्नुभयो।

पार्टी कार्यालयमा मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार भ्रष्टाचार, अनियमितता र कुशासनको बढवा गर्नतर्फ मात्र केन्द्रित भएको बताउनु भयो ।

आयोगले बनाएको आयोगको दोषका कारण मान्छेले ज्यान गुमाएको भन्दै त्यस्ता मन्त्री पदमा बस्न नहुने अध्यक्ष ओलीले बताउनु भयो ।

‘भ्रष्टाचारमा झण्डा हल्लाउँदै मन्त्री बयान दिने, मानिस मरेको घटनामा मन्त्री दोषी हुने तर मन्त्रीहरुले पद नछोड्ने र प्रधानमन्त्रीले पनि हटाउन नसक्ने’, ओलीले भन्नुभयो, ‘दोषी मन्त्री हो भनेर आयोगले भनेको छ। यस्तो बेला नैतिकता नभएको मन्त्री हुतीहारा प्रधानमन्त्री।’ उहाँले सरकार आफैँले बनाएको आयोगले दोषी करार गर्दा समेत त्यस्तो मन्त्री बसिरहन मिल्छ, लोकलाज छैन ? भन्दै प्रश्न गर्नुभयो ।

अध्यक्ष ओलीले गिरीबन्धु टिस्टेट जग्गा प्रकरणमा आफ्नो नेतृत्वको सरकारले कुनै पनि हिनामिना नगरेको पनि दाबी गर्नुभयो। गिरीबन्धुमा अदालतको आदेश अनुसार कानुनमात्र बनाएको ओलीको भनाइ छ।