अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले पेशागत विशेष जिल्ला कमिटीको अध्यक्षमा पराजुली

एमाले पेशागत विशेष जिल्ला कमिटीको अध्यक्षमा पराजुली


काठमाडौँ-नेकपा (एमाले)को पेशागत विशेष जिल्ला कमिटीको नवौँ अधिवेशनबाट मोहनकुमार पराजुलीको अध्यक्षतामा ५३ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ।

कमिटीको उपाध्यक्षमा सागर शर्मा, सचिवमा जिबी सुनुवार, उपसचिवमा एलडी भुसाल र युवराज लम्साल निर्वाचित हुनुभएको छ। यस कमिटीमा निजामती, शिक्षक, प्राध्यापक, अन्तरसंस्थान, वित्तीय, गैह्रसरकारी, स्थानीय तह, इञ्जिनीयरिङ, सञ्चारलगायत क्षेत्रका प्रतिनिधि छन्।
     
उक्त जिल्ला अधिवेशनको यही फागुन ५ गते एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो। एमालेको उपत्यका विशेष प्रदेशअन्तर्गत चार विशेष जिल्ला कमिटी रहेको छ।