अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनको एकमात्र एजेण्डा एमालेको बदनाम गर्नु हो: अध्यक्ष ओली

गठबन्धनको एकमात्र एजेण्डा एमालेको बदनाम गर्नु हो: अध्यक्ष ओली


काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको एकमात्र एजेण्डा एमालेको बदनाम गर्ने मात्र रहेको बताउनु भएको छ।

मंगलबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएकाे हाे।

प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको सम्झिँदै अध्यक्ष ओलीले सरकारको एकमात्रै एजेण्डा एमालेको विरोध गर्नु रहेको बतउनु भयो । सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको उनको टिप्पणी छ। अध्यक्ष ओलीले सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको तर्क गर्नुभयो।

केन्द्रीय कमिटी बैठकमा उहाँले भन्नुभयो, ‘अहिलेको गठबन्धन राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर छ । विकासप्रति चासो नै छैन । चालू भएका आयोजना बन्द छन् । थप कुनै योजना, आयोजना छैनन् । अहिलेको गठबन्धनको उद्देश्य एमालेको विरोध गर्नु, बदनाम गर्नु हो । एमालेको चरित्र हत्या गर्नु हो।’