अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपालाई अध्यक्ष ओलीको जवाफ: कोशीमा हाम्रो बेइमानीले हारेको होइन

राप्रपालाई अध्यक्ष ओलीको जवाफ: कोशीमा हाम्रो बेइमानीले हारेको होइन


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा एमालेले राप्रपालाई धोका नदिएको बताउनुभएको छ।

पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै एमालेलाई दोष लगाउन नमिल्ने अध्यक्ष ओलीले बताउनुभयो।

राष्ट्रियसभा निर्वाचनको नतिजा आइसकेपछि कोशीको प्रसंगलाई लिएर एमालेले धोका दियो भन्ने खालका अभिव्यक्ति राप्रपा प्रवक्ताबाटै आएको उल्लेख गर्दै दोष लगाउन नमिल्ने अध्यक्ष ओलीले बताउनुभयो।

अध्यक्ष ओलीले भन्नभयो, ‘चु‘हामीले जितका लागि केही खुला इमानदार प्रयास अघि बढाएका थियौँ। राप्रपाको मत हामीले लिने हाम्रा मत उसलाई दिने। राप्रपासँग ३९४ मत थियो। हामीसँग ४२ सय भन्दा माथि मत थियो। परिणाम आइसकेपछि एमालेले धोका दियो भनेको सुनियो। उहाँहरूको मत ३९४ मात्रै आयो कि धेरै ? अनि त्यो मत चाहीँ आकाशबाट आयो ? एमालेले धोका दियो भन्ने? राप्रपाका बिग्रियो कि एमालेको बिग्रियो? राप्रपाका ती प्रवक्ता भन्ने व्यक्तिले एमालेविरोधी भावना प्रकट गरे।’

उहाँले एमाले र राप्रपाको भोटले नपुगेर अरुको पनि आउनुपर्ने अवस्था रहेको बुझ्नुपर्ने बताउनुभयो। उहाँले भन्नभयो, ‘हामीले सहमति गरेको राप्रपाले जितेन, हाम्रो बेइमानीले होइन। संस्थागत बेइमानी होइन। व्यक्तिले गरेको भए थाहा भएन। त्यसैले प्रवक्ताको अभिव्यक्ति अनुचित छ । राप्रपाले त्यस्तो व्यवहार अवलम्बन गर्न हुँदैन।’

राष्ट्रियसभामा कोशीमा राप्रपा र एमालेबीच तालमेल भएको थियो। तर, त्यहाँ एमालेको उम्मेदवारले गठबन्धनलाई हराउँदा राप्रपाले जित्न सकेन।