अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सक्कली राजतन्त्र २०५८ सालमै गएको हो, ज्ञानेन्द्र नक्कली राजा थिए: अध्यक्ष ओली

सक्कली राजतन्त्र २०५८ सालमै गएको हो, ज्ञानेन्द्र नक्कली राजा थिए: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असली राजतन्त्र २०५८ सालमै समाप्त भए पनि केही व्यक्ति आफ्नो दुनो सोझ्याउन राजा ल्याउने भनेर लागिपरेको बताउनु भएको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकलाई बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

तत्कालीन राजा विरेन्द्रको वंश विनाशसँगै राजतन्त्र अन्त्य भएको अध्यक्ष ओलीले बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले गएको राजतन्त्र नक्कली हो । सक्कली राजतन्त्र २०५८ सालमा गएको थियो । राजाको जेठो छोरो राजा हुने परम्परा हो। वंशविनाश गरेर राजतन्त्र सिद्धिइसकेपछि कि लिगलिगमा जानु पर्‍यो। त्यतिबेलाको राजनीतिक नेतृत्वको कमजोरीले गर्दा जालझेल गरेर ज्ञाजेन्द्रलाई राजा बनाइएको हो । मैले यसअघि पनि भनेको थिएँ, कुशको राजा बनाइएको हो। गैर संवैधानिक ढंगले बनाइएको कुशको राजतन्त्र २०६३ को आन्दोलनको रापतापले बिदा गर्‍यो।’