अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआइसी एशिया बैंक डुब्ने हल्लाप्रति अध्यक्ष ओलीको चासो ,निराधार हल्ला चलाउनेप्रति सरकार मौन रहेकोमा आक्रोस

एनआइसी एशिया बैंक डुब्ने हल्लाप्रति अध्यक्ष ओलीको चासो ,निराधार हल्ला चलाउनेप्रति सरकार मौन रहेकोमा आक्रोस


काठमाडौं -नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा एनआइसी एशिया बैंक डुब्न लागेको विषयमा अध्यक्ष केपी शर्मा ओलीले चासो राख्नु भएको छ । बैंकको नाम नलिइ उहाँले बैंक डुब्न लागेको हल्ला चलाएर देशको अर्थतन्त्र धरासशायी बनाउन केही व्यक्तिहरु लागि परेको बताउनुभएको छ ।
देशैभरीबाट आएका करिब ३ सय केन्द्रीय सदस्यलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्थतन्त्रलाई धरासशायी बनाउन केही व्यक्तिहरुले नियोजित रुपमा बैंक डुब्न लागेको हल्ला मच्चाएको बताउनुभयो ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले केही व्यक्तिहरुलाई बैंक डबुन्, सबै परियोजनाहरु धराशायी हुन् र अर्थतन्त्र कोल्याप्स होओस भन्ने चाहना राखेको बताउनुभयो । देशको अर्थतन्त्र नै धराशायी बनाउन खोज्ने तत्हरुप्रति सरकार मौन रहनु अचम्म भएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले अर्थतन्त्र उकास्नेतर्फ वर्तमान सरकारको कुनै सोच नभएको बताउनुभयो ।