अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारामा सवारी दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

बारामा सवारी दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते


काठमाडौँ– बाराको पथलैयामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ  । आज बिहान भएको सो दुर्घटनामा तीन जना घाइते भएका हुन्। 

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आदाबारमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु र तीन जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक राम कुमार महतोले हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बोलेरो र विपरीत दिशाबाट जाँदै गरेको ना६ख ३३५२ नम्बरको ट्रक ठोक्किएको बताउनुभयो ।  

पर्वानिपुरस्थित एल एस न्युरो असपतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हालसम्म मृत्यु भएका र घाइतेको पहिचान भने खुलेको छैन ।