अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सितापाइलामा मृत भेटिएका तीन जनाको पहिचान खुल्यो

सितापाइलामा मृत भेटिएका तीन जनाको पहिचान खुल्यो


काठमाडौँ-काठमाडौँको सितापाइलामा मृत भेटिएका तीन जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनका दुई छोरीहरु छन् ।

ईश्वरी श्रेष्ठ र उनका छोरीहरु ८ वर्षीया अनिशा श्रेष्ठ र साढे २ वर्षीया शिवानी श्रेष्ठ आफ्नो डेरामा मृत अवस्थामा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले बताउनु भयो ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएका उनीहरु नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका थिए । भुइँतलाको डेरामा मृत भेटिएका आमा र बच्चाको टाउकोमा चोट लागेको छ।