अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु


सिन्धुपाल्चोक-सिन्धुपाल्चोककाे बाह्रविसे नगरपालिका-७ नागपुजेबाट बाह्रविसे बजार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा दुई जना महिलाको घटनास्थलमा नै मृत्यु भएको छ।

बाह्रविसेको श्यासाधुबाट आउँदै गरेको बा १२ च ४९९१ नम्बरको बोलेर नागपुजे नजिकैबाट ७० मिटर तल खोलामा खस्दा स्थानीय दिलकुमारी प्रधान र लालकुमारी प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

दुर्घटनामा चालक विक्रम थापासहित यात्रुहरु पुस्कर थापा, गोपाल थापा र खडगकुमारी श्रेष्ठ घाइते भएका छन् । घाइतेहरुको बाह्रविसे प्राथामीक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।