अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कैलालीको अध्यक्षमा ४ जनाको उम्मेदवारी

एमाले कैलालीको अध्यक्षमा ४ जनाको उम्मेदवारी


धनगढी-नेकपा एमाले कैलालीको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ। सहमतिको प्रयास असफल भएपछि अधिवेशन सुरु भएको चौथो दिन आज बुधबार निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

निर्वाचन कमिटीका अनुसार अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे, पूर्वप्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना र जिल्ला कमिटी सदस्य कमलसिंह रानाले उम्मेदवारी दिएका छन्।

उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, विष्णु चौधरी, दलबहादुर विष्ट वीरेन्द्र रावल, आनन्द भट्ट र मदनराज ओझाको उम्मेदवारी परेको छ । यस्तै सचिवमा ममताप्रसाद चौधरी, दानबहादुर विश्वकर्मा र विष्णुकुमार चन्दको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ।

उपसचिवमा किशोर शाह, रत्ना कुवर, नृप खड्का, भुवन रिजाल, चुडामणी भट्ट, मदनराज रेग्मी, राजु गुरुङ, चक्र बहादुर विष्ट, अम्बिका विष्ट मल्ल, गंगाकुमारी चौधरी, शान्तिदेवी सिंह र गीता चौधरीले उम्मेदवारी दिएका छन्।

निर्वाचन कमिटिले दिउँसो २ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकेको छ ।