अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक: प्रतिवेदनमाथि समूहगत छलफल जारी (फोटोफिचर)

एमाले केन्द्रीय कमिटी बैठक: प्रतिवेदनमाथि समूहगत छलफल जारी (फोटोफिचर)


काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा अहिले प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबारदेखि जारी बैठकमा बुधबार विभिन्न नेताद्वारा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको हो।

मङ्गलबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा चार वटा कार्ययोजनाहरु प्रस्तुत भएका थिए। जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गर्नुभएको थियो।

त्यस्तै, पार्टीव्यापी रुपमा सञ्चालन हुने २०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धिकरण तथा सुदृढिकरणसम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको सङ्गठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गर्नुभएको थियो।

हिजोदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको बैठकमा आजदेखि समूहगत छलफल भइरहेको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफलका लागि नौ वटा समूह बनाइएको जानकारी दिनुभयो। जसमा पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरूको समूह बनाइएको छ।  

बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ।