अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश

कोशी प्रदेश सरकार र पहिचानवादीबिच दोस्रो वार्ता

कोशी प्रदेश सरकार र पहिचानवादीबिच दोस्रो वार्ता


विराटनगर-कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामकरण सङ्घर्ष समितिबिच दोस्रो वार्ता सुरु भएको छ। विराटनगरको होटल स्टर्न स्टारमा वार्ता सुरु भएको हो। 

वार्तामा सरकारको तर्फबाट वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगू, सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलको सहभागिता छ।

यस्तै पहिचानवादीहरूको तर्फबाट वार्ता टोलीमा डकेन्द्रसिं थेगिम, प्रेम एक्तेन, अर्जुन जम्नेली राईलगायतको उपस्थिति छ। गत माघ २६ गते भएको वार्तामा पाँच बुँदे सहमति भएको थियो। पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने र आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा सरकारले फिर्ता लिने त्यसबेला सहमति भएको थियो।