अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

११ बुँदे प्रतिबद्धतासहित “सूचीकृत मेलमिलापकर्ताको क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालिम” सम्पन्न  

११ बुँदे प्रतिबद्धतासहित “सूचीकृत मेलमिलापकर्ताको क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालिम” सम्पन्न  


काठमाडौँ– ११ बुँदे प्रतिबद्धतासहित  “सूचीकृत मेलमिलापकर्ताको क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालिम” सम्पन्न  भएको छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिका न्यायिक समितिले यही फागुन ७ र ८ गते काठमाडौँ स्कुल अफ ल रिसर्च सेन्टरमा सञ्चालन गरिएको “सूचीकृत मेलमिलापकर्ताको क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालिम” ले ११ प्रतिबद्धता जनाएको हो ।

जसमा प्रत्येक वडामा मेलमिलापको विधि र स्थापित पद्धति अनुसार मेलमिलापमा सहजीकरण गर्ने, विद्यालयहरुमा नियमित द्वन्द्व न्यूनीकरण तथा सामाजिक सद्भाव तथा मेलमिलापका विषयहरुमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने, नगरपालिकाको सबै वडा तथा न्यायिक समितिको कार्यालयमा एक एक वटा मेलमिलाप केन्द्र स्थापना गरिने प्रतिबद्धता जनाइएको छ । 

यस्तै मेलमिलापकर्ताको क्षमता अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिने रवडा कार्यालय र मेलमलिापकर्ताबिच प्रभावकारी समन्वय र मेलमिलाप कार्यको गुणस्तरीयता वृद्धिका लागि मासिक रुपमा वडाका जनप्रतिनिधिसँग मेलमिलापकर्ता अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेलगायतका प्रतिबद्धता रहेको छन् ।