अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कैलालीको नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमाले कैलालीको नेतृत्व चयनका लागि आज मतदान हुँदै


काठमाडौँ– नेकपा एमाले कैलालीको नवौँ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । नयाँ नेतृत्व चयनका लागि आज मध्यान्ह १२ बजेदेखि मतदान हुने भएको हो ।  

मनोनयन दर्ता, उम्मेदवारी नामावली प्रकाशन, दाबी विरोधमा समय लागेका कारण आज मतदान हुन लागेको निर्वाचन समितिले जनाएको छ । 

एमाले कैलालीमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा दुर्गाप्रसाद जोशी, डेजी पाण्डे र यज्ञराज ढुंगानाबिच प्रतिस्पर्धा हुने भएको छ । अधिवेशनको ६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।