अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 एमालेले माग्यो एक साथ तीन मन्त्रीको राजीनामा 

 एमालेले माग्यो एक साथ तीन मन्त्रीको राजीनामा 


काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन मन्त्रीको राजीनामा मागेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा एमालेले सरकारका तीन मन्त्रीको एक साथ राजीनामा माग गरेको हो ।

संसद् बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले पर्यटनमन्त्री सुदन किराँती, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग्नुभएको हो ।  

प्रधानमन्त्रीले सुशासनको भाषण गर्ने तर लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न दिएको भन्दै उहाँले त्यसमा  पर्यटनमन्त्री किँरातीको संलग्नता रहेकाले बर्खास्त गर्नुपर्ने बताउनुभयो । 

यस्तै उहाँले बालकुमारी घटनामा छानबिन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्यमन्त्रीलाई पनि सरकारबाट हटाउनु पर्ने बताउनुभयो । 

पञ्चायतकालदेखि हालसम्म नैतिकताका आधारमा राजीनामा दिएका मन्त्रीहरुको उदाहरण दिँदै पन्तले ति मन्त्रीलाई सरकारबाट हटाउन माग गर्नुभएको हो ।