अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जारी उपकुलपति नियुक्ती प्रक्रिया रोकेर स्वतन्त्र ढंगले प्रक्रिया अघि बढाउन एमाले साँसद भट्टराईको माग

जारी उपकुलपति नियुक्ती प्रक्रिया रोकेर स्वतन्त्र ढंगले प्रक्रिया अघि बढाउन एमाले साँसद भट्टराईको माग


काठमाडौं – नेकपा एमालेका सचिव एवं साँसद योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया बन्द गरेर स्वतन्त्र र निष्पक्ष ढंगले छनोट प्रक्रिया अघि बढाउन माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सचिव भट्टराईले पार्टीभित्रका गुटको मान्छेहरूको लडाइँले विश्वविद्यालयलाई बन्धक बनाइएको बताउनुभयो ।
उनले भने, ‘गत कात्तिक महिनादेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति पद रिक्त छ। प्रधानमन्त्रीले स्वतन्त्र ढंगले नियुक्ति गर्ने भनेर प्रक्रिया अगाडि बढाउनुभयो। तर, त्यो प्रक्रियामा स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगको कुनै थिएन। अनुसन्धान प्रस्तुतिमा कम नम्बर राखेर, अन्तर्वार्तामा बढी नम्बर राख्ने ? अन्तर्वार्ता शिक्षा मन्त्रीले लिने कि शिक्षा सचिवले? प्राध्यापक विश्वविद्यालयको उपकुलपति हुने भन्ने प्रावधान छ। प्राध्यापक उपकुलपति हुने अन्तर्वार्तामा कसले लिन्छ भन्दा उपप्राध्यापकले। यस्तो प्रक्रियाबाट पार्टीभित्रको गुटको मान्छेहरूको लडाइँमा विश्वविद्यालयलाई जसरी अहिले बन्धक बनाइएको छ। म यसको निन्दा गर्छु यो प्रक्रिया तुरुन्त बन्द गरेर, स्वतन्त्र र निष्पक्ष ढंगले उपकुलपति छनोट प्रक्रिया अघि बढाइयोस्।’