अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकुमारी घटनाबारे सांसद्का प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

बालकुमारी घटनाबारे सांसद्का प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ


काठमाडौं-सभामुख देवराज घिमिरेले बालकुमारी घटना लगायत विषयमा शून्य, विशेष र आकस्मिक समयमा सांसद्हरुले उठाएका प्रश्नकाे सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सरकारले बालकुमारी घटना प्रकरणमा बेवास्ता गरेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेर संसद अवरोध गरेसँगै सभामुख घिमिरेले सरकारलाई घटनाको बारेमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो।

पुस १३ गते दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासमेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएको भन्दै सांसदहरूले मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका थिए।

एमालेसहित रास्वपा, राप्रपा लगायत दलका सांसद्ले सरकारले बालकुमारी घटनाका दाेषीलाई कारबाही नगरेकाे भन्दै आपत्ति जनाएका थिए ।