अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा एलपी साँवाको प्रश्न -पूर्वी नाकाबाट आउने तेस्रो देशका पर्यटकलाई भारतले नेपाल प्रवेश नदिंदा सरकार किन चुप ?

संसदमा एलपी साँवाको प्रश्न -पूर्वी नाकाबाट आउने तेस्रो देशका पर्यटकलाई भारतले नेपाल प्रवेश नदिंदा सरकार किन चुप ?


काठमाडौं- नेकपा एमालेका साँसद एलपी साँवाले पूर्वीनाका बाट तेस्रो देशका नागरिकलाई नेपाल भित्र्याउने वातावरण बनाउन सरकारसँग माग गर्नु भएको छ ।
आजको सँसदको बैठकमा बोल्दै साँवाले कोरोनाको समयपछि नेपालको पूर्वी नाकाबाट नेपाल भित्रिने तेस्रो देशका पर्यटकलाई भारतले प्रवेश बन्द गरेकोले सरकारले अविलम्ब सहजिकरण गर्नुपर्ने माग गर्नुभयो । उहाँले नेपालको आर्थिक समृद्धिको मुख्य आधारको रुपमा रहेको पर्यटन व्यवशायलाई नै असर गर्ने गरी मित्र राष्ट्रयले गरेको यो निर्णयलाई सच्याउनु पर्ने बताउनुभएको छ । साँवाले विश्व पर्यटन संगठनको तथ्यांक प्रष्तुत गर्दै नेपालमा एकजना पर्यटकले एकजना एकजनालाई पूर्ण रोजगारी र नौ जनालाई विभिन्न सेवामा आंशिक रोजगारी सृजना हुने गरेको छ ।
पर्यटन क्षेत्रले आर्थिक रोजगारी सृजना र आर्थिक समृद्धिको अंक बढाइरहेको रहेको देखाएको उहाँको भनाइ छ ।
पूर्वी नाकाबाट ठूलो संख्यामा पर्यटन आउलान् भन्ने आशामा इलाम र झापामा पर्यटन पूर्वाधारका लागि ठूलो लगानी भएको र यो लगानी सुरक्षणका लागि पनि तेस्रो देशका पर्यटकले सिलगुडीबाट सहजै नेपाल भित्रिने वातावरण बन्नु पर्ने उहाँको भनाइ छ ।