अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आम जनता पार्टीका उपमहासचिव कुशवाह एमालेमा प्रवेश

आम जनता पार्टीका उपमहासचिव कुशवाह एमालेमा प्रवेश


काठमाडौं-प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का उपमहासचिव कुन्दन कुशवाह नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। 

मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य एवम् आजपाका उपमहासचिव कुन्दन कुशवाहसहित नेताहरू आज नेकपा एमालेमा प्रवेश गर्नुभएको हो।

एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा कुशवाहसहित आजपाका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुवे र सुरेन्द्रप्रसाद चौधरी एमालेमा प्रवेश गर्नुभयो।

उहाँहरू सबैजनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले च्यासलमा एक कार्यक्रम आयोजना गरेर स्वागत गर्नुभयो ।