अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको बैठक फागुन १२ गते बस्दै

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको बैठक फागुन १२ गते बस्दै


काठमाडौं-नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको १४औं सम्मेलनपछि पहिलो बैठक बस्ने भएको छ।

सम्पर्क मञ्चको पहिलो पूर्ण बैठक २०८० फागुन १२ गते शनिबार दिउँसो १२:३० बजे कोशी प्रदेश सम्पर्क कमिटीको कार्यालय, च्यासल, ललितपुरमा गर्न लागेको एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रीता कुमारी थापाले जानकारी दिनुभयो।

मञ्चका अध्यक्ष थापाले भन्नुभयो, ‘एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको १४औं सम्मेलनले २०८० माघ २७ गते  काठमाडौंको  प्रर्दशनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसको हलबाट ७ जना पदाधिकारी र २५ जना सदस्यहरु चयन गरेको थियो। मञ्चको १४औं सम्मेलन पश्चातको पहिलो पूर्ण बैठक २०८० फागुन १२ गते शनिबार दिउँसो १२:३० बजे कोशी प्रदेश सम्पर्क कमिटीको कार्यालय, च्यासल, ललितपुरमा बस्न लागेको हो।’

सम्पर्क मञ्चको १४औं सम्मेलनको समीक्षा तथा आगमी दिनमा बैठकको एजेन्डा तय गर्न बैठक बस्न लागेको अध्यक्ष थापाले बताउनु भयो।

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको १४औं सम्मेलनबाट रीता कुमी थापा सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएको थियो। मञ्चको उपाध्यक्षमा खड्ग बहादुर मगर र श्याम कुमारी चौधरी चयन हुनुभएको थियो। त्यस्तै सचिवमा होमप्रसाद डाँगी, सहसचिवमा दौलत बिक्रम राउत र प्रदिशा घिमिरे चयन गरेको थियो। त्यसैगरी कोषाध्यक्षमा लोकनाथ निरौला (गोपाल) चयन हुनुभएको थियो।

सदस्यहरू नेत्रराज राई, गजराज घिमिरे, बिमल कुमार घिमिरे, केशर बहादुर मगर, सुब्बा बहादुर खड्का, दिपराज बस्नेत, अनु मगर (श्रेष्ठ), गिता मगर, लोकेन्द्रचन्द श्रेष्ठ, सिताराम घिमिरे, सिताराम तिमल्सिना, गणेश बहादुर मगर, इन्द्र बहादुर राई, आशिष ओझा, विक्रम आले मगर, विशाल रोक्का, खिल बहादुर मगर (सन्दिप), सुवास अधिकारी, विकास थापा मगर, मिलन तामाङ, सुशान्त राउत, सविन बलाम्पाकी मगर, मेदन प्रकाश कटुवाल, पर्शबहादुर सुनुवार (रिदम) र दिनेश सुनुवारलाई चयन गरेको थियो।