अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा पक्राउ

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा पक्राउ


काठमाडौँ– सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका–४का २७ वर्षीय किरण थापालाई  पक्राउ गरिएको हो । 

अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि निजलाई गोङ्गबुबाट पक्राउ गरिएको जनाइएको छ । 

यसैबिच, सर्लाहीको नयाँरोडबाट एक क्विन्टल गाँजासहित एक जना पक्राउ परेका छन् । नवलपरासीको गैडाकोटका सूर्य परियारलाई मोटरको डिकीमा गाँजा लिएर बरहथवा गइरहेका बेला निजलाई पक्राउ गरिएको हो ।