अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश स्काउट आयुक्तमा भण्डारी नियुक्त  

कोशी प्रदेश स्काउट आयुक्तमा भण्डारी नियुक्त  


काठमाडौँ– नेपाल स्काउट, कोशी प्रदेशको प्रदेश आयुक्तमा धरानका स्काउटर हेमन्त भण्डारी नियुक्त हुनुभएको छ । नेपाल स्काउट कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवं  सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा  स्काउटर भण्डारीलाई नियुक्त गर्नुभएको हो ।  

नेपाल स्काउट, नियमावली,२०७७ बमोजिम प्रदेश परिषदमा निर्वाचित प्रदेश परिषद् सदस्यहरुमध्ये एक जना सदस्यलाई प्रमुख स्काउटले प्रदेश आयुक्तमा मनोनयन गर्ने कानुनी व्यवस्था छ । २०६४ सालमा सुनसरी क्रीयुमा रोभर तहमा प्रवेश गरी स्काउट क्षेत्रमा उदाएका भण्डारी २०७१ सालमा पुर्वान्चल विकास क्षेत्रको युवा परिषद्को अध्यक्ष हुनुभएको थियो । २०६७ सालमा झापाबाट स्काउट आधारभूत तालिम लिएर स्काउट लिडर बनेका भण्डारीले २०७१ सालमा एड्भान्स स्काउट तालिमका साथै कब स्काउट आधारभूत तालिम समेत लिनुभएको छ ।  

उहाँले प्रदेश आयुक्त नियुक्ति पछि स्काउटको विकास र विस्तार गर्दै प्रदेशवासी युवा तथा बालबालिकाहरुको हितमा लाग्ने बताउनुभएको छ ।