अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई महासचिव पोखरेलको प्रश्न– भ्रष्टाचारमा मुछिएका मन्त्रीको राजीनामा माग्नु पर्दैन ?

प्रधानमन्त्रीलाई महासचिव पोखरेलको प्रश्न– भ्रष्टाचारमा मुछिएका मन्त्रीको राजीनामा माग्नु पर्दैन ?


काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भ्रष्टाचारमा मुछिएका मन्त्रीको राजीनामा माग्नु पर्दैन भन्दै प्रश्न गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले भ्रष्टाचारी मन्त्रीको राजीनामा माग्नु/बर्खास्त गर्नुपर्दैन भन्दै प्रश्न गर्नुभएको हो । 

उहाँले भन्नुभएको छ,’भ्रष्टाचारको छानबिन गर्ने प्रमुख निकाय अख्तियारले छानबिनका लागि बोलाउँदा झण्डा हल्लाउँदै बयान दिन जाने मन्त्री र सरकार आफैँले गठन गरेको छानबिन आयोगले दोषी किटान गर्दा थाह नपाए जस्तो गर्ने मन्त्रीसँगै क्याबिनेट बैठक बसेर सुशासनका कुरा प्रधानमन्त्रीले कसलाई सुनाएको होला ? आफैँलाई कि अरू कसैलाई, साह्रै अलमल भो १ राजीनामा माग्नु/बर्खास्त गर्नु पर्दैन ।’

एमालेले पर्यटनमन्त्री सुदन किराँती, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै आएको छ ।