अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिविको उपकुलपति नियुक्तिप्रति अनेरास्ववियुको आपत्ति, भन्यो–खुल्ला प्रतिस्पर्धा गर्ने प्रधानमन्त्रीको नाटक देखियो

त्रिविको उपकुलपति नियुक्तिप्रति अनेरास्ववियुको आपत्ति, भन्यो–खुल्ला प्रतिस्पर्धा गर्ने प्रधानमन्त्रीको नाटक देखियो


काठमाडौँ– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति नियुक्तिप्रति आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले त्रिविको उपकुलपति नियुक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जालझेल गरेको बताएको हो । 

अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले उपकुलपति नियुक्तिमा खुल्ला प्रतिस्पर्धाको नाटक गरेर आफ्नै मान्छेलाई नियुक्ति गरेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले हिजो माओवादी पृष्ठभूमिबाट पोखरा विश्वविद्यालयको उपकुलपति बनेका असफल पात्र डा। केशरजंग बराललाई उपकुलपतिमा नियुक्त गर्नुभएको थियो । 

बराललाई शिक्षाको धरोहर त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गरिएको भन्दै अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ,  ‘सिफारिस समिति गठन, खुला आवेदन आह्वान र अन्तिम ३ जना सिफारिस मध्ये पनि दोस्रो स्थानमा भएका व्यक्तिलाई नियुक्त गर्ने सुरु देखिनै विवादास्पद रहेको नियुक्ति प्रक्रियाले हामीलाई गम्भीर बनाएको छ ।’

यस्तै अनेरास्ववियुले संसदमा सरकारले टेबल गर्न लागेको उच्च शिक्षा सम्बन्धी विधेयकमा आफ्ना माग समावेश गर्न सशक्त आन्दोलनको लागि तयारमा रहन मातहतका कमिटीलाई निर्देशन पनि दिएको छ ।