अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित


काठमाडौँ-प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत विपक्षी दलका अवरोधका कारण आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदले विभिन्न विषय उठाउँदै होहल्ला र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो।

सभामुख घिमिरेले सदन सञ्चालनमा सहयोग गर्न पटक–पटक आग्रह गर्नुभएको थियो। सभामुखको आग्रहका बाबजुद सांसदहरु आसनबाट उभिएरहेपछि उहाँले बैठक स्थगित गर्नुभएको हो।