अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङको प्रगति टोलमा मार्बल बोकेको लरीले किचिएर तीन बालबालिकाको मृत्यु

मोरङको प्रगति टोलमा मार्बल बोकेको लरीले किचिएर तीन बालबालिकाको मृत्यु


मोरङ-मोरङको बुढीगंगा गाउँपालिका ४ प्रगति टोलमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुने एकै परिवारको दुई जना र अर्का एक जना रहेका छन्।

भारतबाट आएको आरजे २९ जीबी १५६१ नम्बरको लरी मोरङको बुढीगंगास्थित नेमुवामा शुक्रबार बिहान पल्टिएको हो। नहरको किनारैकिनार आइरहेको लरी पल्टिर किचिँदा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताउनु भयो।

बुढीगंगा गाउँपालिका ४ का ६० वर्षीय ज्योति अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको हो ।

ज्योतिका छोरा र छोरी जुम्ल्याहा हुन् । उनीहरू सुतेको बेला लहरी गाडी पल्टिएर ठुलो टुङ्गाले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।