अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिआरसी विधेयक पीडितमैत्री बनाएर मात्रै पारित गर्नुपर्छ: महेश बर्तौला

टिआरसी विधेयक पीडितमैत्री बनाएर मात्रै पारित गर्नुपर्छ: महेश बर्तौला


काठमाडौँ-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिटो टुङ्ग्याउनुपर्ने बताउनु भएको छ।

शुक्रवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

सचेतक बर्तौलाले नागरिकहरूले टिआरसी विधेयकलाई अझै कति अड्काउने भन्ने प्रश्न गरिरहेको भन्दै यसलाई छिटो सम्बोधन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले समितिमा उठेका विषयहरूलाई छलफल गरी छिटो भन्दा छिटो पीडित मैत्री कानुन बनाइ पारित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सङ्क्रमणकालीन न्याय राजनीतिक प्रकृतिको विषय भएकाले सबैको सहमतिमा टुङ्ग्याउन जरुरी रहेको बताउनुभयो।

‘यो कुरा हामी अझै कति अड्काउने ? यसमा प्रश्न उठेको छ।  सभापतिले फिनिसिङ कसरी आउँछ भन्ने कुरामा त्यसको आधारबाट यो तत्काल अहिले टुङ्गिने वा प्रक्रियाबाट, समय लिने भन्ने कुरा हुन्छ’ उहाँले भन्नुभयो, ‘यो महत्त्वपूर्ण छ, राजनीतिक प्रकृतिको विषय हो, लामो समयदेखि अप्ठ्यारो हुँदै आएको विषय हो, छिटो गर्नुपर्छ भन्नेमा सबैको सहमति छ।’

सचेतक बर्तौलाले सबैले न्याय पाएको महसुस हुनेगरी विधेयक टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो।