अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्‍मा जवाफका लागि एमालेले प्रधानमन्त्रीलाई दियो तीन दिनको समय

संसद्‍मा जवाफका लागि एमालेले प्रधानमन्त्रीलाई दियो तीन दिनको समय


काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्मा उठेका विषयमा जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तीन दिन समय दिएको छ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले आगामी बैठकमा आएर संसदमा उठेका विषयको जवाफ दिन माग गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई अनुकूल लागेको समयमा आएर दुई दिनमध्ये एक दिन जवाफ दिन आग्रह गर्नुभएको छ।

उहाँले भन्नुभयो, ‘हामीले सरकारसँग आग्रह गरेका छौँ। हामीले उठाएका यी ज्वलन्त विषयवस्तु र मुद्दाहरुलाई सम्बोधन गरियोस् । यदि सरकार प्रत्येक दिन संसदलाई छलेर भागिरहन्छ भने म विनम्रताका साथ आग्रह गर्न चाहन्छु, सरकार आज भाग्ला, ६ गतेदेखि भाग्दैछ, १० गते पनि भाग्यो, आज पनि भाग्यो, १३ गते भाग्ला, १४ गते भाग्ला, कति गतेसम्म भाग्दै जानुहोला, सम्माननीय प्रधानमन्त्रीज्यू, हामीसँग यति तागत छ कि नाकमा  नत्थी लगाएर संसदमा ल्याउनुपर्ने परिस्थितिमा प्रमुख प्रतिपक्षी र प्रतिपक्षीहरुलाई नपुर्याइयोस्।’

एमालेले बालकुमारी घटनामा मुख्य जिम्मेवार देखिएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स घोटाला प्रकरणमा मुछिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीको रामग्राम क्षेत्र लिजमा दिने पर्यटमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै आएको छ।