अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कैलाली अध्यक्षमा ढुंगाना, सचिवमा चौधरी

एमाले कैलाली अध्यक्षमा ढुंगाना, सचिवमा चौधरी


कैलाली-नेकपा एमाले कैलाली जिल्ला अध्यक्षमा यज्ञराज ढुंगाना विजयी हुनुभएको छ । ढुंगानाले २८७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी डेजी पाण्डेले २१८ मत ल्याउनु भएको छ । अध्यक्षका अर्का उम्मेदवार दुर्गाप्रसाद जोशीले ६३ मत ल्याउनुभयो ।
उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी हुनु भएको छ । उहाँले १९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर विष्टले १८८ मत ल्याउनु भयो । उपाध्यक्षका अर्का उम्मेदवार विष्णु चौधरीले १०६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याउनु भएको छ ।

सचिवमा पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी हुनु भएको छ । चौधरी २४३ मतसहित विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले १६८ मत मात्रै पाउनु भयो ।

सचिवकतर्फ नै दानबहादुर विश्वकर्माले १४७ मत प्राप्त गर्नुभयो। उपसचिव (खुला) मा भने ढुंगाना प्यानलका चूडामणि भट्ट विजयी हुनु भएको छ । भट्ट २५१ मत पाएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी भुवन रिजालले १२३ मत ल्याउनु भएको छ । र्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरुङले ७१ मत ल्याउनु भयो । ।

उपसचिव (महिला) तर्फ गंगाकुमारी चौधरी १९६ मतसहित विजयी हुनु भएको छ । उहाँकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले १६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाउनु भयो । यही फागुन ६ गते सुरु भएको एमाले कैलालीको नवौँ अधिवेशनमा सहमति प्रयास असफल भएपछि छैटौँ दिन शुक्रबार निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको हो । ५९१ प्रतिनिधि रहेकामा ५७७ मत खसेको छ ।