चितवन – नेपाली औषधि उत्पादकहरुले औषधिको बिक्री गत वर्षहरुमा भन्दा १२ प्रतिशतले घटेको बताएका छन् । देशमा औषधिको खपत कम भएर नभई विदेशी औषधिका कारण स्वदेशी उत्पादनको प्रयोग घटेको उनीहरुको भनाइ छ ।
व्यवसायीहरूका अनुसार ८० भन्दा बढी नेपाली औषधि उद्योगमा ६० अर्ब रुपैयाँ भन्दा बढी लगानी छ । भारत र तेस्रो देशबाट भित्रिने औषधि र भिटामिनहरुका कारण नेपाली औषधि उद्योगको लगानी जोखिममा रहेको उनीहरुको भनाइ छ ।
हाल नेपाली औषधि उद्योगहरु ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले बताउनुभयो ।
नेपालमा एक वर्षमा औषधिजन्य उत्पादनको ६० अर्ब रुपैयाँ कारोबार हुने अनुमान छ । विगतमा नेपाली औषधिको कारोबार ३४ अर्ब रुपैयाँ हाराहारीमा रहेकामा पछिल्लो वर्ष घटेर २९ अर्ब ५६ करोड रुपैयाँमा झरेको उहाँले बताउनुभयो ।







प्रतिक्रिया