अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम-२ र बझाङ-१ को उपनिर्वाचन मिति तोक्दै निर्वाचन आयोग

इलाम-२ र बझाङ-१ को उपनिर्वाचन मिति तोक्दै निर्वाचन आयोग


काठमाडौं-निर्वाचन आयोगले २ वटा क्षेत्रमा गर्न लागिएको उपनिर्वाचन मिति तोक्ने भएको छ। उपनिर्वाचनको मितिबारे निर्णय लिनका लागि आयोगको पदाधिकारी बैठक आइतबार बस्दैछ। 

इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन मिति आइतबार तोक्ने लागेको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताउनु भयो ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता उक्त पद रिक्त छ। त्यस्तै, बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएको थियो। 

सरकारसँगको परामर्शको आधारमा प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने व्यवस्था छ।