अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारीका सञ्‍चालकलाई कारवाही गर्न सरकारलाई कसले रोक्यो ? : विद्या भट्टराई

सहकारीका सञ्‍चालकलाई कारवाही गर्न सरकारलाई कसले रोक्यो ? : विद्या भट्टराई


काठमाडौं-नेकपा एमाले सांसद विद्या भट्टराईले सहकारी पीडितहरूको समस्या समाधान गर्न सरकार गम्भी नभएको बताउनुभएको छ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले बचतकर्ताहरूको रकम हिनामिना गर्ने सहकारीका सञ्चालकहरूलाई तत्काल कारवाही गरी बचतकर्ताको सम्पूर्ण रकम फिर्ता गर्न सरकारको ध्यानाकर्षण  गराउनु भयो ।

उहाँले बचतकर्ताको रकम हिनामिना गर्ने पोखराको सूर्यदर्शन सहकारीका सञ्चालकहरूलाई कारवाही गर्न माग गर्नुभयो। पोखरा महानगरअन्तरगत रहेका ३६६ सहकारीमध्ये १६ वटा सहकारी संस्थामा बचत कर्ताको बचत जोखिममा रहेको विषय बाहिर आए पनि सरकार चुप लागेर बसेको उहाँको आरोप छ। 

उहाँले भन्नुभयो, ‘पोखरा महानगरअन्तरगत रहेका ३६६ सहकारीमध्ये १६ वटा सहकारी संस्थामा बचत कर्ताको बचत जोखिममा रहेको विषय बाहिर आए पनि सरकार चुप लागेर बसेको छ। यस विषयमा सरकारले ध्यान देओस्।’

उहाँले सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सहकारी सञ्चालक प्रक्रियमा विचलन आएको भनी गत भदौ २५ गते प्रतिवेदन बुझाएको उल्लेख गर्दै भन्नुभयो,’ सूर्यदर्शन सहकारीका सञ्चालकहरूलाई फराको सूचीमा राखेर सरकार रमिता हेरेर बसिरहेको छ।’

उहाँले दोषी सञ्चालकलाई कारवाही गर्न सरकारलाई कसले रोक्यो ?  भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले रकम हिनामिना गरेर फरार रहेका अभियुक्त पक्राउ नगरेका कारण नागरिकहरू आत्महत्या गर्ने ठाउँमा पुगेको उल्लेख गर्नुभयो।