काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार तथा लेखक विमल नेपालद्वारा लिखित उपन्यास ‘पीपला’ र सागर खड्काकाे ‘राइपाली भञ्ज्याङ’ पढ्न सुरू गर्नुभएको छ।
‘पीपला’ र ‘राइपाली भञ्ज्याङ’ पढिरहेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उहाँले पुस्तक पढ्न थालेको जनाउनु भएको हो ।
सामाजिक सञ्जालमार्फत प्राप्त सुझावहरूकै आधारमा आफूले ‘पीपला’ र ‘राइपाली भञ्ज्याङ’ पढ्न सुरु गरेको उहाँले बताउनु भयो । सरसर्ती हेर्दा राइपाली भञ्ज्याङले सय वर्ष अगाडिको लाहुरे संस्कृति र पीपलाले विगतको सशस्त्र हिंसाबारे चर्चा गरेको रहेको उहाँले उल्लेख गर्नुभएको छ।
प्रतिक्रिया