अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको बैठक सम्पन्न

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको बैठक सम्पन्न


काठमाडौं-नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको पहिलो पूर्ण बैठक २०८० फागुन १२ गते शनिवार ललितपुरमा सम्पन्न गरेको छ।

सम्पर्क मञ्चका अध्यक्ष रीता थापाको अध्यक्षता तथा सम्पर्क समन्वय कमिटी सचिवालय सदस्य तथा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज गिता बरालको प्रमुख आतिथ्ययतामा सम्पर्क मञ्चको पहिलो पूर्ण बैठक कोशी प्रदेश सम्पर्क कमिटीको कार्यालय च्यासल, ललितपुरमा सम्पन्न गरेको हो।

बैठकमा एमाले कोशी प्रदेश सम्पर्क कमिटीका सदस्यहरु सरोज थापा, भिम दर्नाल, उषा चौधरी, उदयपुर-काठमाडौं सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष उमाकान्त चौधरी, पूर्व सदस्य खड्गराज खत्री लगायत नेताहरूको सहभागिता रहेको सम्पर्क मञ्चका अध्यक्ष रीता थापाले जानकारी दिनुभयो।

उदयपुर-काठमाडौं सम्पर्क मञ्चको १४औं सम्मेलनबारे बैठकमा समीक्षा गरिएको छ। यसैगरी सम्पर्क मञ्चको पहिलो बैठकले विभिन्न बुँदा प्रस्तावहरुमाथि छलफल गरी निर्णय पारित गरिएको अध्यक्ष थापाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘सम्पर्क मञ्चको सल्लाहकार परिषद् गठन गरिएको छ। मञ्चको निवर्तमान अध्यक्ष उमाकान्त चौधरीको संयोजत्वमा २१ सदस्य रहने गरी सल्लाहकार परिषद् गठन गरेका छौं। त्यसैगरी क्षेत्रिय, प्रदेश सभा, नगरपालिका र गाउँपालिकाको २०८० चैत २४ गते भित्र सम्मेलन गर्ने निर्णय भएको छ। सम्मेलनलाई चुस्त-दुरुस्त साथै भव्य रुपमा सफल बनाउनका निम्ति क्षेत्र–१ को मञ्चका कोषाध्यक्ष गोपाल निरौला र क्षेत्र–२ को मञ्चका सदस्य नेत्रराज राईलाई इन्चार्ज तोकिएको छ। त्यस्तै २०८० सालको भित्ते पत्रिका (क्यालेण्डर) प्रकाशन गर्ने, सदस्य विस्तार गर्ने लगायताका विषयमा पनि निर्णय पारित गरिएको छ।’