अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रीको राजीनामा नआएसम्म सदनमा विरोध कायमै: अध्यक्ष ओली

मन्त्रीको राजीनामा नआएसम्म सदनमा विरोध कायमै: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने प्रतिक्रिया दिनुभएको छ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले साधेको प्रश्नमा उहाँले अहिलको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताउनुभयो।

अध्यक्ष ओलीले प्रकरणमा मुछिएका मन्त्रीहरुको राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने जिकिर गर्नुभयो।

एमालेले बालकुमारी प्रकरणमा मन्त्री प्रकाश ज्वाला, टेरामस्क प्रकरणमा मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै आएको छ।

विपक्षी सांसदहरुले सरकारसँग जवाफ माग गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकलाई छल्दै आएका छन्।