काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई सामाखुसीबाट गएराति पक्राउ गरेको प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो। उनलाई विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी भइरहेको पनि बोगटीले बताउनुभयो। दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा अन्य व्यक्ति थुनामा छन्। पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए।
चन्द्र घले र मीनबहादुर घलेसहितका प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर भएको थियो।







प्रतिक्रिया