अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विवादित मन्त्रीहरूका बारेमा संसदमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

विवादित मन्त्रीहरूका बारेमा संसदमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन


काठमाडौं-प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विवादित मन्त्रीहरूका विषयमा संसदमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले विवादित मन्त्रीहरूको  जवाफ माग गर्दै संसद बैठक अवरोध गरेका थिए। जसले गर्दा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

अवरोध पछि खुलेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले विवादमा मुछिएका मन्त्रीहरूका बारेमा संसदमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो,’माननीय सदस्यहरू बैठकमा यहाँहरूले नियमित उठाउँदै आउनु भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।  माननीय सदस्यहरूले उठाउनु भएका  विषयमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई निर्देशन गदर्छु।’

विपक्षी दलका सांसदहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला,स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै आएका छन्।

सभामुखले विपक्षी सांसदहरूले उठाएका विषयमा  सरकारलाई जवाफ दिन निर्देशन दिएपछि संसदको अवरोध हटेको छ। संसदको संभावित कार्यतालिकाअनुसार आगामी बैठक १८ गते शुक्रबार बिहान ११ बजे बस्नेछ।

अहिले संसदमा सांसदहरूले आ-आफ्नो धारणा राखिरहेका छन्।