अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजेन्द्र महतोद्वारा लोसपा परित्याग

राजेन्द्र महतोद्वारा लोसपा परित्याग


काठमाडौँ-लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गर्नुभएको छ। केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका उहाँले आज राजधानीमा पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गर्नुभएको हो।

पत्रकार सम्मेलनमा महतोले तत्कालका लागि आफूले अभियान घोषणा गरेको र पार्टीको आकार भने ग्रहण गरिनसकेको बताउनुभयो। आफू वैकल्पिक शक्ति निर्माणमा लागेको भन्दै उनले विचार मिल्नेहरु जोसुकै पनि अभियानमा जोडिने सक्ने बताउनुभयो ।