अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम र बझाङमा उपनिर्वाचन: चैत २४ गते उम्मेदवारी दर्ता

इलाम र बझाङमा उपनिर्वाचन: चैत २४ गते उम्मेदवारी दर्ता


काठमाडौंइलामको निर्वाचन क्षेत्र-२ र बझाङको निर्वाचन क्षेत्र-१ को प्रदेशसभा निर्वाचन क्षेत्र-१ मा हुने उपनिर्वाचनका लागि आगामी चैत २४ गते उम्मेदवारी दर्ता हुने भएको छ।

निर्वाचन आयोगले सोमबार आगामी २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। जसअनुसार दल दर्ताका समय फागुन २४ देखि ३० गतेसम्म तोकिएको छ।

आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालका अनुसार चैत २४ गते  उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गरिनेछ।

त्यस्तै, चैत २८ देखि २०८१ वैशाख १२ गतेसम्म निर्वाचन प्रचारप्रसारको अवधि तोकिएको आयोगले जनाएको छ । वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।