अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भजन शिरोमणि भक्तराज आचार्यको निधन

भजन शिरोमणि भक्तराज आचार्यको निधन


काठमाडौँ-भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ।

आचार्यको आइतबार ८१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

अस्वस्थ भएपछि आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। तर, अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो।

धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित हुनुहुन्थ्यो। उहाँले गाएका हजार सपनाहरुको, जति चोट दिन्छौँ, मुटु जलिरहेछ लगायत गीतहरु निकै चर्चित छन्। तर, २०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।